काठमाडौँ। पूँजी बजार सुद्दढीकरण बृहत कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन वर्ष अघि नैँ गर्रछु भनेका ५८ बुँदेका काम पुरा नहुदाँ र नितिगत परिवर्तनका कारण पूँजी बजारमा गंभीर संकट उत्पन्न भएको एक विज्ञप्ती मार्फेत बतााएका छन् ।
लगानीकर्तालाई संयमित भएर सेयर लगानी गर्न पनि आग्रह गरेका छन् । यो समस्या समाधान गर्न लगानीकर्ताबाट पटक पटक पहल हुँदा पनि सरकारले नटेरेका हुनाले करिब ४५ खर्ब पुगेको सेयर बजारले १२ खर्ब रुपैयाँ गुमाउनुका सार्थै सरकारको पनि राजस्व गुमेको विज्ञप्तीमा उनले उल्लेख गरेका छन् ।
उनका अनुसार ४७ लाख लगानीकर्ताको १२ खर्ब भन्दा बढी सम्पती गुमिसकेको छ तर यो बारेमा सरकार भने अनविज्ञ रहेको छ । अहिलेको समस्या समाधान गर्नको लागि ब्रोकर मार्फत मार्जिन टे«डिङ कारोबार पूर्ण रुपमा कार्यान्वयन गर्न, राष्ट्र बैैंकले सेयर धितो कर्जाको सिमा तत्काल हटाउन, ५८ बुँदा मध्ये बाँकी काम तत्काल सक्न आग्रह गरेका छन् । लगानिकर्ताहरुको समस्या समाधान नभएमा अथवा अझ बिग्रदै गएमा यसको जिम्मा सरोकारवाला निकाय हुने समेत उनले ध्यानाकर्षण गराएका छन् ।
