काठमाडौं । नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स एक अत्याधुनिक तथा सुविधासम्पन्न अनलाइन ट्राभल एजेन्सी ‘ई–सेभेनस्टार डटकम’को औपचारिक शुभारम्भ गरेको छ ।
यही असार १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको हो ।
सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको हो । ‘विश्व डिजिटलाइजेसनतर्फ अगाडि बढिरहँदा अबको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटीए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ,’ ई–सेभेनस्टारको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले भने, ‘यस सँगै हाम्रो पहुँच विश्व भरको बजार र विश्व भर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ । यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो ।’
लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको यो अत्याधुनिक नयाँ सेवामार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आफैंले काट्न सक्नेछन् भने आवश्यक परेको खण्डमा २४सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्ने कम्पनीले बताएको छ ।
अनलाइनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ वालेटहरू, ई–सेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपीएस लगायतका भुक्तानी सेवाप्रदायकबाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको छ भने अब साना ट्राभल एजेन्सीले जीडीएस सिस्टम चलाउन सिक्नै नपर्ने भएको छ । सोही मूल्यमा सिधै ‘ई–सेभेनस्टार डट कम’ को विजनेस टु विजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई वेच्न सकिने अवस्था बनेको हो ।
सस्तो एअर फेयरका अलावा, प्रतिबद्ध ग्राहक सेवा र निरन्तरको विस्तारले सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले आफूलाई आम ग्राहकमाझ विश्वासिलो टिकेटिङ सेवा प्रदायकको छवि बनाउन सफल भएको हो ।
स्थापनाको एकदशक पूरा गर्दै गर्दा हरेक वर्ष दर्जनौं वायुसेवा कम्पनीबाट विभिन्न विधामा पुरस्कृत हुँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले हालै क्याथे प्यासिफिक एअरवेज, श्रीलङ्कन एअरलाइन्स्, मलेशिया एअरलाइन्स तथा थाई एअरवेज बाट उत्कृष्ठ ट्राभल एजेन्सी अवार्ड हात पार्न सफल भएको छ ।
नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा आधिपत्य जमाउँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकहरूलाई टिकेटिङ सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदनको सेवा समेत प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS