काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले पाएका छन् ।
हिजो सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएसँगै उनी निलम्बनमा परेका छन् ।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।
FACEBOOK COMMENTS