काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१७ कम्पनिका एक करोड २७ लाख १ हजार ९७ कित्ता शेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९८ प्रतिशतले बढेको छ भने बिन्ध्याबसिनी हाइड्रोको शेयर ६.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ३.८३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर सबै भन्दा बढी ३५ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने बिन्ध्याबासिनी हाइड्रोको १९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS