अछाम २ बाट प्रतिनिधिसभामा काँग्रेसका शाह विजयी
कर्पोरट खबर
7:45 pm, बुधबार, मंसिर ७, २०७९
काठमाडौँ । प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् ।
२३ हजार ५४ मत प्राप्त गर्दै शाह विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ३४ मत प्राप्त गरे । उनीहरूबिचको मतान्तर ७ हजार २० रहेको छ ।
यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका बोगटीसँग काँग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए ।
FACEBOOK COMMENTS