काठमाडौं । जेनजी अगुवा अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौैको टोलीले आज साँझ कोटेश्वरबाट पक्राउ गरेको हो ।
शाहीको धेरै आपराधिक पृष्ठभूमीहरू देखिएको परिसरका सूचना अधिकारी पवन भट्टराईले बताए । उनीमाथि विभिन्न मुद्दाहरू दर्ता भएको पाइएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत हुन् ।
शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, बायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा धम्क्याउने काम गरेका थिए । े
शाहीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरेको थियो ।
FACEBOOK COMMENTS