काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।
आयोगले ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाँएको हो । पुस २४ गते बसेको मन्त्रीपरिषदको बैठकले सर्वोच्च अदालतका पूर्व न्यायधिश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।
एक महिनाभित्र प्रतिवेदन नै बुझाउने गरी तीन सदस्यीय आयोग गठन भएको थियो ।
FACEBOOK COMMENTS