६ महिना भित्र कर्णालीमा १३२ केभी प्रशारण लाइन जोडिने छ: मन्त्री बस्नेत
कर्पोरट खबर
8:18 pm, सोमबार, भदौ ४, २०८०
जाजरकोट । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा छ महिनाभित्र १३२ केभी प्रशारण लाइन जोडिने बताएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा नेकपा माओवादी केन्द्रले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताए । विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेटमार्फत उज्यालो पुर्याउने काममा मन्त्रालय जुटेको उनले जानकारी दिए ।
मन्त्री बस्नेतका अनुसार दुई वर्षभित्र कर्णालीका सिँचाइ योग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उनले दुई वर्षभित्र कर्णाली भरी विद्युतीकरणको काम पूरा गर्ने दाबी गरे । मन्त्री बस्नेतले पार्टीलाई श्रम र उत्पादनमा जोड्नका लागि सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS