काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटी घोषणा भएको छ ।
शनिबार काठमाडौंमा भइरहेको समाजवादी प्रेस संगठन नेपालको घोषणा सभामार्फत शम्भु श्रेष्ठलाई अध्यक्ष चयन गरिँदैछ । २१५ सदस्यीय केन्द्रीय कमिटीको महासचिमा भुपराज खडका चयन हुने छन्। कार्यक्रमका लागि एसका अध्यक्ष माधवकुमार नेपाल र प्रचार विभाग संयोजक जगन्नथ खतिवडा पुगेका छन् । तत्कालीन नेकपा एमाले विभाजन भएपछि एकीकृत समाजवादी गठन भएको थियो । पार्टी विभाजन सँगै एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल पष्नि टुक्रिएको समाजवादी प्रेस संगठनको तदर्थ समितिको घोषणा भएको थियो तदर्थ समितिका संयोजक श्रेष्ठ नै अध्यक्ष बनेका हुन्
FACEBOOK COMMENTS