काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार दिने चीन भ्रमणमा तियानजिन पुगेका छन् ।
उनी सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।
रुसको आधिकारिक समाचार एजेन्सी तासका अनुसार, पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन पुगेका छन् र उनी तियानजिन पछि बेइजिङ जानेछन् ।
तासले राष्ट्रपति पुटिनलाई तियानजिन बिनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा ’गार्ड अफ अनर’ दिइएको बताएको छ ।
पुटिनले जापानसँगको युद्धको ८०औं वार्षिकोत्सवको अवसरमा चीनमा आयोजना हुने ’विजय दिवस’ परेडमा पनि भाग लिनेछन् ।
चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने सांघाई सहयोग संगठन शिखर सम्मेलनमा धेरै देशका नेताहरू आइपुगेका छन् ।
FACEBOOK COMMENTS