काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो ।
बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९ प्रतिशत दिने जनाएको छ । बैंकले १ वर्ष भन्दा माथिको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत दिने जनाएको छ । ३ देखि ६ महिनाभन्दा कम अवधिका लागि मुद्दति निक्षेपको ब्याजदर ८ प्रतिशत रहेको छ ।
बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरेर १ वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर १०.६० प्रतिशत ब्याज दिएको थियो । १ वर्षभन्दा कम अवधिका लागि मुद्दति निक्षेपको ब्याजदर १०.५० प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS