शङ्कर अग्रवालका छोरा सुलभ अग्रवाल नियन्त्रणमा
काठमाडौँ । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएको हो ।बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् । उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रवार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed