काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार पोखरेलले ३६४ मत ल्याएका छन् भने पाण्डेले ३०२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
निवर्तमान महासचिव पोखरेल यसपालि पनि त्यही पदमा निरन्तरता दिन ओली पक्षबाट उठेका हुन्।
पाण्डे भने ईश्वर पोखरेल पक्षबाट महासचिव लडिरहेका छन् ।
FACEBOOK COMMENTS