काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध अनुसन्धान गरिरहेको थियो । विभागले अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युरोलाई पठाएको पत्रका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
विवादस्पद व्यापारी दीपक भट्ट पक्राउ परेको सम्पत्ति शुद्धीकरणको मुद्दामा अग्रवाल पनि जोडिएकाले पक्राउ परेको बताइएको छ ।