काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलेले राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गरे । ‘तपाईँहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ’,उनले भने ।
देशमा राजनीतिक अस्थिरता हुँदा राष्ट्र निर्माणले गति लिन नसकेको बताउँदै उहाँले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताए । त्यो अभिभारा नेकपा एमालेले पुरा गर्न सक्ने उनको धारणा छ ।उनले भने ‘युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ, युवाको भविष्य सुरक्षित गर्दछ’,।
उनले आउने बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिए । वर्तमान प्रधानमन्त्रीको युवा प्रतिको अगाध स्नेह रहेको उनको भनाइ छ ।
नेकपा एमाले देश र विकासको पक्षमा उभिएको कारण एमाले माथि आक्रमण भएको उहाँले बताउनुभयो । एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम अहिले धमाधम अघि बढेका उनले दाबी गरे ।
एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएको प्रति पनि उहाँले आपत्ति जनाउनुभयो । जनताको पक्षमा काम गर्ने माथि भरोसा गर्न उहाँले आग्रह गरे।
देशका दुई ठुला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेका बताउँदै उहाँले अहिले दुईवटा पार्टी मिलेकाले धेरे ऐनहरू अघि बढाएका बताउनुभयो । ‘हरेकले विश्वास र भरोसा गर्नुपर्दछ’, उनले भने ।
आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदै छन् भन्ने भ्रमलाई चिरेको उनले बताए । देश भरका युवाहरू नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनु पर्ने उनको धारणा छ ।
उनले नेपाल राष्ट्र युवाको राष्ट्र भएको बताए । श्रम गर्न सक्ने लाखौँ लाख युवा नेपालमा भएको उनले प्रष्ट पारे । कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
उनले बैशाख ११ हिंसाको राजनीतिबाट देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रकोले जनता सामु घुँडा टेकेको दिन भएको उनले बताए।
त्यसैले यो दिनको विशेष महत्त्व भएको उनले प्रष्ट पारे ।
युवाको काँधमा नेपाली जनतालाई खुसी बनाउने जिम्मेवारी आएको उनले बताए ।
राष्ट्रलाई कमजोर बनाउन चाहने शक्तिहरूलाई पराजित गर्दै नेपाली युवा अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
FACEBOOK COMMENTS