काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना हैन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छनु ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहिन र एजेण्डा विहिनहरुलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम भएको उल्लेख गरे ।
आफूलाई नयाँ शक्ति भन्नेहरु राष्ट्रिय स्वतन्त्र पार्टी,बालेन्द्र साह लगायत भर्खरै स्थापना गरिएका दलहरुबीच गठबन्धनको प्रयास भइरहेका बेला महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो ।
पोखरेलले पार्टीको इतिहास पुरानो हुने तर नीति र नेतृत्व अद्यावधिक भइरहँदा पार्टीहरु सधैं जीवन्त र सान्दर्भिक हुने बताए । आफ्नो पार्टी यी दुवै कुरामा सधैं अब्बल रहेको उनले उल्लेख गरे ।
‘नेकपा एमाले नेपालका राजनीतिक दलहरु मध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो’ महासचिव पोखरेलले लेख्नु भएको छ ‘यससँग वर्तमान मात्र होइन भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ । एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरु नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन् । ’

नयाँका नाममा चर्चामा आएका रवी,वालेन,हर्क साम्पाङ वा कुलमान उनीहरु सबै राज्यसत्तामा कुनै न कुनै हिसाबले परीक्षण भइसकेका पात्र भएको पोखरेलको भनाइ छ ।

पोखरेलले सामाजिक सञ्जालमा लेखेको पूर्ण पाठ यस्तो छ ः

राजनीतिमा नयाँ र पुरानो÷निरर्थक बहस
नेपाललाई समेत वंग्लादेश जस्तै बनाउन हिडेकाहरु असफल हुदैगएपछि पुराना पार्टीलाई हराउन नयाँहरु मिल्नुपर्छ भन्ने धारणा अघि सार्न खोज्दैछन् । राजनीतिमा पुरानो र नयाँ भन्नुको कुनै अर्थ हुदैन । त्यहाँ एजेण्डा र गन्तव्यको विशेष अर्थ र महत्व हुन्छ । नीतिविहिन र एजेण्डा विहिनहरुलाई नयाँको पगडी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम मात्र हो ।

वास्तवमा पार्टीहरुको इतिहास पुरानो हुन सक्छ, तर नीति र नेतृत्व समयअनुसार अद्यावधिक भइरहँदा पार्टी सधैं जीवन्त र सान्दर्भिक रहन्छन्। त्यसैले लामो इतिहास भएका राजनीतिक दलहरु समेत कहिल्यै ‘पुराना’ हुँदैनन्। किनकी उनीहरु समय अनुसार अद्यावधिक भइरहन्छ । जुन राजनीतिक दल समयअनुकूल चल्न सक्दैनन्, तिनै दलहरु मात्र समाप्त हुन्छन्।नेपाली राजनीतिमा यस्ता दृष्टान्त पर्यप्त छन् ।

तर नेकपा एमाले नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो। यससँग वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। नेकपा एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरूले नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन् ।
नेपाली राजनीतिका लागि को नयाँ रु रवी, वालेन, हर्क साम्पाङ वा कुलमान रु उनीहरु सबै नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै हिसावले परिक्षण भइसकेका पात्र हुन् । जहाँसम्म जेन्जीका नाममा चर्चित बनेको जेन जेड समुहको सन्दर्भ छ, यो कुनै संगठित शक्ति होइन, यो एउटा उमेर समूह मात्र हो। जो सूचना र प्रविधिको विकाससंग हुर्कियो ।
यो समूहलाई जननिर्वाचित सत्ताका विरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच पूँजीवादी साम्राज्यवादीहरु बनाएको सोच हो । डिपस्टेटको अवधारणा जननिर्वाचित सत्ता र जनतामा भिजेका नेताहरुलाई कमजोर बनाउनका लागि षडयन्त्रको सिद्धान्तको प्रयोग गरेर कथित कलर रिभ्युलुसनका नाममा विद्रोहको कोशिस गर्ने गरिन्छ । नेपालका सन्दर्भमा जेन्जी अभियानकर्ताहरुले सुरुगरेको प्रदर्शनमा घुषपैठ गराएर त्यही दिशामा अघि वढाउने कोशिस भइरहेको कुरा साँचो हो ।
तर नेपाली समाज र नेपालका नवयुवाहरुको ठुलो हिस्साले छोटो समयमा त्यस षडयन्त्रलाई वुझ्न सफल भए । भाद्र २३ को प्रदर्शनका अभियानकर्ताहरुनै अहिले षडयन्त्रका विरुद्धको प्रतिवादका लागि नेकपा एमालेको नेतृत्वसंग निरन्तर सम्वादमा छन् । वास्तवमा भन्ने हो भने चौतर्फी घेरावन्दीका वावजुत नवयुवाहरुका बीचमा अहिले पनि नेकपा एमाले नयाँ भनिनेहरु भन्दा लोकप्रिय छ ।
पछिल्लो समयमा देशविरुद्ध भइरहेका षड्यन्त्रहरूका वारेमा नवयुवाहरुले जतिजति वुझ्न थालेका छन् उनीहरु त्यतिनै नेकपा एमालेप्रति प्रतिवद्ध देखिन थालेका छन् । उनीहरुले नेकपा एमाले र यसको नेतृत्व देशका लागि अपरिहार्य रहेको महसुस गर्न थालेका छन्। पछिल्लो समय पुरानाका विरुद्धमा नयाँहरुलाई जसरी पनि मिलाउने कोशिस त्यसकै परिणाम हो । तर अव त्यसको कुनै सान्दर्भिकता देखिदैन ।
FACEBOOK COMMENTS