काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भनिएको भएपनि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।पुष २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै तयारी तिब्र भएपछि संस्थापन पक्षले यसलाई रोक्ने प्रयास गरिरहेको छ ।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो । विशेष महाधिवेशनको पक्षमा विभिन्न जिल्ला सभापतिहरु खुल्न लागेपछि संस्थापन पक्ष दबाबमा रहेको छ ।
FACEBOOK COMMENTS