काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी स्विटजरल्याण्ड भ्रमणमा जाने भएका छन् ।
स्विटजरल्याण्डको राजधानी जेनेभामा आगामी जेठ २५ देखि ३१ गतेसम्म आयोजना हुने ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।
मन्त्रिपरिषद्को वैशाख १५ गतेको बैठकले मन्त्री भण्डारीको स्विटजरल्याण्ड भ्रमण स्वीकृत गरेको छ ।
FACEBOOK COMMENTS