काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूलाई निमन्त्रणा पठाएका छन् ।
विशेष महाधिवेशनको तयारी बारे जानकारी दिदै सभापति देउवासहित पदाधिकारीहरुलाई निमन्त्रणा दिइएको नेता सुवास पोखरेलले जानकारी दिएका छन् । विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि सचिवालयले जनाएको छ ।
यसैबीच संस्थापन पक्षका वरिष्ठ नेता गोपालमान श्रेष्ठले आफु विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन् । त्यसैगरी पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरू डा। चन्द्र भण्डारी, डा। सुनिल शर्मालगायतका नेताहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको पोखरेलले बताएका छन् ।
काँग्रेसक पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा खुले पनि ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी हुने आयोजकले दाबि गरेका छन् ।
FACEBOOK COMMENTS