काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपसँग सम्बन्धित नीतिलाई यथावत राख्दै मौद्रिक नीति २०७८ ७९ को पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । उक्त समीक्षा मार्फत केन्द्रीय बैंकले शेयर लगानीकर्ताबाट आलोचित बनेको शेयर धितो कर्जाको व्यवस्थालाई समेत निरन्तरता दिईरहेको ।
अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ । तरलता समस्या समाधान गर्न राष्ट्र बैंकले कर्जा(निक्षेप अनुपात सीडी रेसियो मा पुनर्विचार गर्न सक्ने बैंकिङ क्षेत्रको अपेक्षालाई बेवास्ता गर्दै राष्ट्र बैंकले हालकै व्यवस्थालाई निरन्तरता दिएको हो । बैंकहरुलाई २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र ९० प्रतिशत सीडी रेसियो कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकमा पेश गर्न आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको विरवणअनुसार नेपालसँग अहिले भएको विदेशी मुद्राको सञ्चितीले ७ महिना २४ दिनको वस्तु र सेवाको आयात धान्न सक्छ । गत वर्ष पुस मसान्तसम्म १२ अर्ब ७८ करोड डलर रहेको नेपालको विदेशी मुद्रा सञ्चिती यस वर्षको असोज मसान्तमा १० अर्ब ९८ करोड डलरमा झरेको छ । यही चिन्तालाई सम्बोधन गर्न राष्ट्र बैंकले वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको हो ।
FACEBOOK COMMENTS