काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से ११ दशमलव ०४ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ९२ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज एक अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बराही हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९ दशमलव ३० प्रतिशतले बढेर प्रतिकित्ता ५०२ दशमलव ८० रुपैयाँ पुगेको छ । यस्तै, आज इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ८ दशमलव २६ प्रतिशतले बढेर प्रतिकित्ता ३७८ दशमलव ९० रुपैयाँ पुगेको छ ।
आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ दशमलव ९४ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS