काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । लामो समयको अन्तरालपछि लगातार तीन दिन बढेको नेप्से सूचक आज ११ दशमलव ८५ अंकले घट्दै १८ सय ५२ दशमलव ०८ अंकमा झरेको हो ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १ दशमलव ३१ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको उपसूचक १ दशमलव ०३ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचकहरु १ प्रतिशत कमले घटेका छन् ।
११ अंकले नेप्से घटेको यस दिन ८३ करोड ६० लाख रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर आज किनबेच भएका छन् ।
आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावर कम्पनीका सेयर धनीहरुले ६ दशमलव ९६ प्रतिशतले कमाएका छन् भने माउन्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताहरुले ६ दशमलव ५८ प्रतिशतले गुमाएका छन् ।
FACEBOOK COMMENTS