काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधवार दोहोरो अंकको सुधार आएको छ ।
आज सेयर बजार परिसूचक नेप्से २० अंकमाथिले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक यस दिन २० दशमलव ६७ अंकले बढेर १८ सय ५० दशमलव ३३ अंकमा उक्लिएको हो ।
यस्तै आज सबैभन्दा बढी होटेल तथा पर्यटन समूहको उपसूचक ३ दशमलव ४९ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक २ दशमलव ३६ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १ दशमलव ८४ प्रतिशतले, फाइनान्स समूहको उपसूचक १ दशमलव ३१ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक १ दशमलव २६ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १ देखि २ प्रतिशतले बढेका छन् ।
FACEBOOK COMMENTS