काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २५ दशमलव ५५ विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक १९८९ दशमलव ५३ अंकमा आएको छ ।
यो सेसनमा २ करोड ९१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
कुल १७६ कम्पनीको ८५ हजार ५सय ८४ कित्ता शेयर कारोबार भएको छ । यो सेसनमा कुल ७०२ वटा कारोबार भएको हो ।
१५६ कम्पनीको मूल्य बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS