काठमाडौं । बुधवार सेयर बजार परिसूचक नेप्सेमा १७ दशमलव २३ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ७० दशमलव ८४ विन्दुमा पुगेको छ ।
आज ३ सय ७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ८२ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ८ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ३० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २६ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS