काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १:०.६५ अनुपातमा २४ लाख १४ हजार १ सय कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।
FACEBOOK COMMENTS