काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले १३ लाख २३ हजार ३ सय ९७ कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कमपनीले जनएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजैका मितिले (पुस १९ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS