काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से २६ दशमलव ३६ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार २२ दशमलव ९२ विन्दुमा पुगेको छ ।
आज ३ सय ४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव २८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ६२ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव २४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३८ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS