काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ८० दशमलव १२ विन्दुमा पुगेको छ ।
आज ३ सय ९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ समूहको ० दशमलव ६७ प्रतिशत, विकास बैंक समूहको ५ दशमलव २१ प्रतिशत, फाइनान्स समूहको ३ दशमलव ६४ प्रतिशत, होटल तथा पर्यटन समूहको २ दशमलव ७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
FACEBOOK COMMENTS