काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ९२ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६७ दशमलव ०१ विन्दुमा पुगेको छ ।
आज ३ सय ९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ४७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव २४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ४५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २७ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS