काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३१ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६१ दशमलव ७० विन्दुमा पुगेको छ ।
आज ३ सय ७ कम्पनीको ९ करोड २७ लाख २ हजार ७ सय ८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६ लाख बराबरकाे कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २५ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव १६ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव २५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १६ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS