काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ७६ दशमलव २७ विन्दुमा पुगेको छ ।
आज ३ सय १० कम्पनीको ७ करोड ४९ लाख १ हजार ३ सय ३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ७० प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ५९ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ७१ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS