काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ७४ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ९६ दशमलव ३८ विन्दुमा पुगेको छ । आज ३ सय १७ कम्पनीको ९ करोड १७ लाख १ हजार ७ सय १० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव १७ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव २९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १४ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS