काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ९१ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ७६ दशमलव ५० विन्दुमा पुगेको छ । आज ३ सय २ कम्पनीको १२ करोड ३६ लाख ३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ६१ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव २७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ६४ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS