काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २७ दशमलव २१ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ३४ दशमलव ८२ विन्दुमा पुगेको छ ।
आज ३ सय १५ कम्पनीको १ करोड ७७ लाख २ हजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ३१ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ९१ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४८ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS