काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ८३ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार २५ दशमलव २२ विन्दुमा पुगेको छ । आज ३ सय १३ कम्पनीको ६३ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ३८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ३८ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ५१ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS