काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २० दशमलव ७६ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ५ दशमलव ८३ विन्दुमा पुगेको छ । आज ३ सय ९ कम्पनीको ९ करोड ५१ लाख ८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ०२ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ९६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ०२ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS