काठमाडौं । एनआइसी एसिया बैंकले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थापक सेयरको प्रतिकित्ता भाउ २ सय ८ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गर्नेछ ।
इच्छुक लगानीकर्ताले फागुन २७ गते २ बजेभित्र क्यापिटलको कार्यालय लाजिम्पाटमा आवेदन दिन सक्नेछन् । आवेदनका साथ सो रकम बराबरको गुड फर पेमेन्ट चेक संलग्न गरी शिलबन्दी बोलपत्र दिनुपर्ने क्यापिटलले जनाएको छ ।
FACEBOOK COMMENTS