काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ६८ अंकले घटेको छ ।
यो सँगै परिसूचक १ हजार ९७२ दशमलव ९ विन्दुमा पुगेको छ । आज ३ सय ९ कम्पनीको ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ४३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ३४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २० प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS