काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले १३ जना संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ५५ हजार ७४१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन ३० गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
FACEBOOK COMMENTS