काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज २ दशमलव ११ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार १०८ दशमलव ७२ विन्दुमा पुगेको छ ।
आज ३ सय १० कम्पनीको १ करोड ८८ लाख ९ हजार ६ सय ३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ११ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ११ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव १९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ०७ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS