काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजारमा सामान्य वृद्धि आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ० दशमलव ०७ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९८० दशमलव ३४ विन्दुमा रोकिएको छ ।
यस दिन ३१७ धितोपत्रको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर ४६ हजार ५११ पटक खरिदबिक्री हुँदा दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँ ४३ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.११% देखि ०.५७% सम्मले वृद्धि आएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स र म्युचअल फण्डमा चार प्रतिशतसम्मको वृद्धि आएको छ भने अन्य सबै उपसूचकहरूमा गिरावट आएको छ ।
अघिल्लो कारोबार दिन आइतबार १४ दशमलव ३३ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९८० दशमलव २७ विन्दुमा रोकिएको थियो भने दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
कारोबारमा आएका धितोपत्रमध्ये पोखरा र जानकी फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि आएको छ । यस्तै, नेपाल फाइनान्सको ९ दशमलव ९८ प्रतिशत, गुराँस लघुवित्तको ७ दशमलव ६१ प््रतिहत र सप्तकोशी विकास बैंकको शेयर मूल्यमा ६ दशमलव ९९ प्रतिशतको वृद्धि आएको छ ।
FACEBOOK COMMENTS