काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ७० दशमलव १८ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ३ सय १० दशमलव ५९ विन्दुमा पुगेको छ । आज ३ सय १५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २ सय ५८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ३ दशमलव १३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ३ दशमलव १० प्रतिशत, फ्लोट इन्डेक्स ३ दशमलव ३२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव २९ प्रतिशत गिरावट आएको छ ।
आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री ओलीले हिजो सोमबार एमालेकै नेता विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेसँगै आज आज शेयरबजारमा भारी वृद्धि आएको हो ।
अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस क्रममा उनले नेपालको आर्थिक क्षेत्रमा सकारात्मक कामहरू गरेका कारण अहिले पनि उनलाई रुचाइएको अनुमान गर्न सकिन्छ ।
FACEBOOK COMMENTS