काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ३२ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ५ सय ३६ दशमलव ११ विन्दुमा पुगेको छ । आज ३ सय ११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २ सय २६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ०६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ३६ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ९० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २९ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS