काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ७ सय २७ दशमलव १६ विन्दुमा पुगेको छ । आज ३ सय १६ कम्पनीको २ करोड १५ लाख ३ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २ सय ४६ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ४४ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ४८ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ४९ प्रतिशतले सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४३ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS