काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७० अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ । आज ३ सय ७ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ४ दशमलव ५७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स ४ दशमलव ६० प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ४७ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS