काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव २१ विन्दुले बढेको छ ।
यससँगै सूचक २६५६ दशमलव ७९ विन्दुमा आएको छ । यस अवधिमा ७१ लाख ७४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३९ कम्पनीको १५ हजार ३ सय ३२ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS