काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई २२ लाख ५० हजार कित्ता साधारण शेयर निस्कासन गर्ने भएको छ । साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १ सय रुपैयाँका दरले कुल २२ करोड २० लाख रुपैयाँको खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट तथा आरबिबि म्युचुअल फन्ड १ लाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि का तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबले उक्त शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ भने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको न्यूरोड, पोखरामा मुख्य कार्यालय स्थापना गरि नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ बमोजिम मिति २०८०/०५/०१ गते इजाजत प्राप्त गरि मिति २०८०/०६/१९ गते देखि लघु जीवन बीमा सम्बन्धि सेवा त्रिपुरेश्वर, काठमाडौं स्थित ब्लुबर्ड मल मा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका ४ शाखा तथा ६ उप–शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ ।
यस कम्पनी, कम्पनी ऐन २०६३ बमोजिम मिति २०७९ पौष १७ गते कम्पनि रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भएको हो ।
FACEBOOK COMMENTS