काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
आज नेप्से १७ दशमलव ३८ अंकको गिरावट हुँदा १९०१ दशमलव ९९ अंकको विन्दुमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक २ दशमलव ४६ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक १ दशमलव ६७ प्रतिशत, अन्य उपसूचक १ दशमलव ५१ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बढेको छ । आइतबार करिब १ अर्ब ६६ करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब ९७ करोड ३५ लाखको कारोबार भएको छ । ३६ हजार ५६८ वटा कारोबारमा ५६ लाख २० हजार ३८१ कित्ता सूचीकृत धितोपत्र किनचेब हुँदा उक्त रकमको कारोबार भएको हो ।
नेप्सेमा आज कुल २२० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १६६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ४६ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये रिभर फल्स पावर लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य ५ दशमलव ८८ प्रतिशतले वृद्धि हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य ५ दशमलव २२ प्रतिशत र बीपीडब्ल्यूको लघुवित्तको सेयरमूल्य ४ दशमलव ०२ प्रतिशतले वृद्धि भएको छ ।
FACEBOOK COMMENTS