काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९ दशमलव ८० अंकले बढेर २ हजार ७ सय २७ दशमलव ५८ विन्दुमा पुगेको छ ।
आज ३ सय ३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ९७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १ सय ३६ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव ६२ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०६ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ७५ प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव ०८ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS